नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आज (आइतबार)प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । संवैधानिक निकायमा नियुक्ति, राजदूत नियुक्ति लगायत विषयमा भने कुरा मिल्न सकेको छैन । यसअघि मंसिर २ गते प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा पनि राजदूत नियुक्तिको विषयमा भने सहमति हुन सकेको थिएन । हाल २३ देशमा नेपाली राजदूत रिक्त रहेका छन् । तत्कालिन केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका १२ देशका राजदूतलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि ती देशमा राजदूत रिक्त रहेका हुन् ।

