नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनित भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन समितिको संयोजक महादेव प्रसाद यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै घिमिरे मनोनित भएका हुन् ।
समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजीनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिएको राजीनामा पार्टीको विधानबमोजिम आजै स्वीकृत गरेका थिए ।
वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य थिए । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो । त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
राजीनामा पत्र :

