नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।

सर्लाहीको बरहथवा नगरपालिका-१ हजरियामा आमा र दुई छोराछोरीसहित तीन जना मृत अवस्थामा फेला परेका छ । आज (आइतबार) बिहान बरहथवा हजरियामा तीनै जना मृत अवस्थामा फेला परेका हुन् ।
बरहथवा नगरपालिका–१, हजरिया नयाँ बजारका शिव हजारी पासवानकी श्रीमती २६ वर्षीया कविता, ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मृत अवस्थामा भेटिएका हुन्। हजारीकी श्रीमती कविता झुन्डिएको अवस्थामा फेला परेकी हुन् भने चोरी सलोनी र छोरा स्वागत भने ओछ्यानमै सुतिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मृतकका श्रीमान शिव विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
