नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।
पछिल्लो चौबीस घण्टामा नेपालमा १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ९१८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३४२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख २ हजार ३८९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ । जसमा ६ हजार ५८९ जना होम आइसोलेसनमा छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १७१ संक्रमित आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २० हजार ८७८ र एन्टिजेन विधिबाट ९५ हजार ४७२ जना पुगेको छ ।