भीम आचार्यले दिए सचिवमा उम्मेदवारी

नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम आचार्यले सचिव पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।

आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल कोरोना संक्रमणको उपचारका क्रममा रहेका छन् । ओलीले सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्तुत भएको थियो ।



अध्यक्ष ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन् । ओलीले आइतबार राति आफ्नो नेतृत्वमा १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।

सम्बन्धित समाचार