कुन पदमा दिए घनश्याम भूसालले उम्मेदवारी ?

नेकपा एमालेको जारी महाधिवेशनमा नेता घनश्याम भूसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

भूसालले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई र उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्तुत भएको थियो ।



अध्यक्ष ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका भूसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । ओलीले आइतबार राति आफ्नो नेतृत्वमा १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।

सम्बन्धित समाचार