यी हुन् रावलका प्रस्तावक र समर्थक

नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि डा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । आज(सोमबार) बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भीम रावलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । यस्तै ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको थियो ।



आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत आज राति ९ बजेदेखि मतदान हुने भएको छ ।

सम्बन्धित समाचार