कसको नाक पुछ्ने गर्थे सलमान खान ?

सलमान खान र आयुष शर्मा अभिनित फिल्म ‘एन्टिमः द फाइनल ट्रुथ’ हलमा रिलिज भएको छ । यतिबेला सलमान विभिन्न शोमा गएर यो फिल्मको प्रचार गरिरहेका छन् । हालै उनी गायन रियालिटी शो ‘सारेगामापा’ मा देखिएका थिए ।

यस शोको सेटमा सलमान खानले शोका होस्ट आदित्य नारायणलाई भेटेका थिए। जहाँ सलमानले आदित्यसँग आफ्नो कथा सेयर गरेका छन् । आदित्यलाई देखेर सलमानलाई उनीसँगको फिल्म ‘जब प्यार किसी से होता है’ याद आयो। सलमानको यो फिल्ममा आदित्य नारायण बाल कलाकारको भूमिकामा थिए ।



आफ्नो सम्झनाहरु सेयर गर्दै सलमानले भने, ‘मैले आदित्यसँग ३–४ वर्षको हुँदा काम गरेको थिएँ ।’ ‘जब प्यार किसी से होता है’ फिल्म छायांकन गरेका थियौं । म सानो छँदा उसको नाक पुछ्थें । यसमा आदित्य भन्छन्, ‘मेरो नाक सधैं बग्ने गर्दथ्यो र मलाई बचाउनको लागि उनी सधैं साथमा हुन्थे । तर, अहिले म ठुलो भएँ र सलमान भाइ अझै जवान र ड्यासिङ छन् ।’ सलमान खान ‘एन्टिम: द फाइनल ट्रुथ’ मा सिख पुलिस अफिसरको भूमिका निभाइरहेका छन् ।

सम्बन्धित समाचार