नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।

नेकपा एमालेका नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । आज(सोमबार) पण्डितले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका हुन् ।
उनले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । उनले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् । पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । तर, पण्डितले भने आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । पण्डित एमालेका लोकप्रिय नेताको रुपमा चिनिन्छन् । अध्यक्ष ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेकाका कारण पण्डितले केन्द्रिय सदस्य पद पनि त्यागेका हुन् । ओलीले आइतबार राति आफ्नो नेतृत्वमा १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।
पण्डितले फेसबुकमा लेखेका छन्–‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौँ महाधिवेसनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
लालबाबुको स्टाटस :

