आमा र बहिनीको कुटपिटबाट राजेन्द्रको मृत्यु

मोरङ, कटहरी गाउँपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवादका क्रममा आमा बातियो र बहिनी ३० वर्षीया रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।



घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिट गर्ने बातियो र रितालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार