आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ । जसमा ६ हजार ५४१ जना होम आइसोलेसनमा छन् भने ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५९ संक्रमित आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २१ हजार १२१ र एन्टिजेन विधिबाट ९५ हजार ४८८ जना पुगेको छ ।

सम्बन्धित समाचार