नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । आज प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरुको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको बताए ।
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताए। उनले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्तिप्रक्रिया देखि आजसम्मको स्थितीमा आएको बताए ।

