नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले मतदान स्थलमा आचारसंहिता विपरीत वितरण गरिएको पत्रको बचाउ गरेका छन्। उनले बन्दसत्र हलमा पेस भएको सर्वसम्बत पत्र नै बाँडिएकाले यसलाई गलत भन्न नहुने दाबी गरे।
भीम रावल पक्षले पनि आफूहरुको प्रचार गरेको भन्दै उनले यो म्यान्डेड पाएको सूची भएका दाबी गरे। प्रतिनिधिहरुले सहमति होस् भन्ने चाहाना राखेर म्यान्डेड दिए पनि कतिपय कमरेडहरुले नमानेकाले निर्वाचन भएको उनले दाबी गरे।
यता भीम रावलले भने उम्मेद्वारी छपाइमा पनि षढयन्त्र भएको आरोप लगाएका छन् । उनले भनेका छन् -‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

