नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी ओर जिते । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।
महिलातर्फको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । त्यस्तै जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे भने इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले उत्कृष्ट गोलकिपर रहँदै यासिन ट्रफी अवार्ड जिते । यस्तै चेल्सीले क्लब अफ दि इयरको अवार्ड जित्दा यू-२१ को उत्कृष्ट खेलाडी बन्दै बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले कोपा ट्रफी प्राप्त गरे ।