निर्वाचन भइरहँदा भीम रावलले गरे यस्तो ट्विट

नेकपा एमालेका नेता भीम रावलले मतदान भइरहेको बेला मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गरेका छन् ।

आज (मंगलबार) एक ट्विट गर्दै रावलले निर्वाचनको बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका हुन् । त्यस्तै रावलले यस्तो कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने टिप्पणी गरे । भीम रावल र उनका पक्षका उम्मेद्वारलाई ओली समूह पक्षले भोट नहाल्न भन्दै पर्चा वितरण गरेको विषयमा आक्रोश पोख्दै यस्तो कार्य रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई रावलले आग्रह गरेका छन् ।



रावलले ट्विटरमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

रावलको ट्विट

रावलको ट्विट

सम्बन्धित समाचार