एमालेको मतदान सकियो

नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएको छ । आज बिहान १० बजेसम्ममा मतदान सक्ने तालिका रहेपनि मतदान केही समय ढिलो गरी सुरु भएको कारण आधा घन्टा थपिएको थियो ।

करिब २२ सय प्रतिनिधिमध्ये करिब १५ सयले मतदान गरेका छन् । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । मतदानपछि आजै मतगणना गर्ने निर्वाचन तालिकामा उल्लेख छ । एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै सदस्यका लागि निर्वाचन भइरहेको छ । एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।



त्यस्तै उपाध्यक्ष पदमामा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् । त्यस्तै ओली पक्षबाट सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार रहेका छन् भने ओलीलाई चुनौती दिँदै एमालेका नेता भीम आचार्य र टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार