तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं महानरगपालिका-३२ कोटेश्‍वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ईश्वर सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५८ हजार ६ सय ३० रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै झापा, दमक नगरपालिका-६ फागुनन्द चोकमा पाँचथर मिक्लाजुङ गाउँपालिका-३ घर भएका ५० वर्षीय पवन लिम्बुले संचालन गरेको परदेशी होटलमा तास खेलिरहेको अवस्थामा पवन लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार