एमाले अध्यक्षमा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । भर्खरै प्राप्त परिणामअनुसार ओलीले १८०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा. भीम रावलले २१३ मत प्राप्त गरेका हुन् । ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

१० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आएको हो । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक गरिएको थियो ।



चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान मतदान भएको थियो ।

सम्बन्धित समाचार