नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षका आकांक्षी रहेका भीम रावल र केपी शर्मा ओली एउटै मञ्चमा देखिएका छन्। अध्यक्ष पदमा रावल ओलीसँग भारी मतले पराजित भए पनि बन्दसत्रको अन्तिम मञ्चमा उनीसँगै देखिएका छन्।
ओलीलाई बधाई दिनका लागि उनी मञ्चमा सँगै देखिएको बताइएको छ। केही बेरमा औपचारिकरुपमा मतपरिणाम घोषणा गरिँदैछ। मत परिणाम घोषणापछि आजै शपथ ग्रहण गराइने बताइएको छ।
रावलले यसअघि नै आफू अध्यक्ष पदमा पराजित रहे पार्टीको कुनै पनि कमिटीमा नबस्ने उद्घोष गरिसकेका छन्। यतिवेला एमालेको महाधिवेशनको समापन समारोह चलिरहेको छ ।

