नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले शपथ लिएका छन्। मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन्।
केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाएका हुन्। अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले सपथ खुवाएका थिए।
केन्द्रीय कमिटीमा विजयी भएका भनिएका भीम रावलले भने सपथ लिएनन्। उनले आफूले सदस्यमा उम्मेदवारी नदिएको भन्दै सदस्यमा शपथ नलिएका हुन्। पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यका लागि मंगलबार बिहान निर्वाचन भएको थियो।

