भीम रावललाई ओलीको घोचपेच-‘घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन’

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियो बनाउने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु र मेहनती भएकाले पार्टी थप बलियो हुने ओलीको भनाइ छ ।

उनले हरेक समस्यालाई सृजनात्मक र चनाखो ढङ्गले अध्ययन गरेर समाधानको बानी बसाल्न सुझाव दिए । अध्यक्ष ओलीले एमालेका नेता कार्यकर्ता अध्ययनशील बन्नुपर्ने र अरू पार्टीले एमालेबाट अनुसरण गर्न सक्ने खालको बन्नुपर्ने बताए ।



उनले घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन नसक्ने भन्दै नागरिकको सेवामा विनम्रताका साथ लाग्ने व्यक्ति मात्रै नेता बन्न सक्ने बताए । ओलीले यसो भनिरहँदा अध्यक्षमा पराजित भीम रावल मञ्चमै थिए ।

सम्बन्धित समाचार