टीकापुरमा हिमालयन बैंकको नयाँ शाखा विस्तार

हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१, जमरापारीमा मंसिर १४ गते मंगलबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरू उपलब्ध गराउने जनाएको छ ।

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा आम सर्वसाधारणको उपस्थितिमा बैंकले नयाँ शाखाबाट कारोवार सुरु गरेको एक विज्ञप्तिमार्फत् बैंकले जानकारी गराएको छ ।



बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरू सहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।

सम्बन्धित समाचार