एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो ।



ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेका छन् । यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै आज सम्पन्न भएको हो ।

सम्बन्धित समाचार