नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज(बुधबार)बसेको प्रदेशसभाको बैठकमा शाहीले विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भने उपस्थिति थिएन ।
प्रदेश सभामा कांग्रेसका ६, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन् । शाही नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

