नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा निसले पीएसजीलाई बराबरीमा रोकेको हो ।
पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्न नसक्दाअंक बाँडेका छन् । यद्यपि दुवै टोलीले गोल गर्ने सुन्दर अवसर खेर फलेका थिए । खेलअघि लियोनल मेस्सीको बालोन डी ओर अवार्ड र गोलकिपर जियानलुगी डोनारुम्माको यासिन ट्रफी सार्वजनिक गरिएको थियो ।
बराबरीसँगै पीएसजी १६ खेलमा ४१ अंक जोड्दा तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा २७ अंक जोडेको निस चौथों स्थानमा रहेको छ ।