कस्तो छ प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उनी यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् ।



अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ । कनट्याक्ट ट्रेसिङमा परेपछि उनले पीसीआर परीक्षण गरेका थिए।

सम्बन्धित समाचार