नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिरहा, गोलबजार नगरपालिका-७ कदिमा टोल बस्ने श्याम सुन्दर महत्तोको छोरा ४ वर्षीय आर एन यादव सोही ठाउँस्थित माछा पाल्ने पोखरीमा बिहीबार मृत्त अवस्थामा फेला परेका हुन् ।
त्यस्तै झापा, बिर्तामोड नगरपालिका-५ पाथिभरा टोल डेरा गरी बस्ने ३६ वर्षीय सन्दिप काफ्ले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-३ भोक्रेफाँटस्थित निर्माणाधिन कालिगण्डकी कोरिडोर सडक किनारमा सोही करिडोरमा काम गर्ने सुर्खेत गुर्बाकोट गाउँपालिका-६ बस्ने २३ वर्षीय विराज ओली बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी दोलखा, भिमेश्वर नगरपालिका-५ भष्मेस्थित चरंगे खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष ब्यक्ति बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
