माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रदेश सम्मेलन एकैदिन गर्ने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले मंसिर २५ गते एकैदिन प्रदेश सम्मेलन गर्ने र अध्यक्ष प्रचण्डले भर्चुअल उद्‍घाटन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

स्थायी समिति बैठकले वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भए पनि आज, भोलि नै सबै सकिने र पालिका अधिवेशनहरू पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको महराले बताए।



प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए। बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ।

सम्बन्धित समाचार