थापा र लिङ्देनले टुंग्याए उम्मेदवारहरूको नाम, कस्को प्यानलमा को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन्।

थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन्। महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ।



यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दीलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ।

विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन्। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबारबाट मतदान हुँदैछ।

सम्बन्धित समाचार