नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । आज (शुक्रबार) उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
गत मंसिर १३ गते कोरोना भाइरसबाट संक्रमित भएका जबरालाई नेपाल एपीएफ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले आज एक वक्तव्य जारी गर्दै जबरालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर जबरालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन् ।
उनलाई निमोनियासहित छातीमासमेत संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए ।
विज्ञप्ति :

