आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ८३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र एक हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३४७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ । जसमा ६ हजार ५७९ जना होम आइसोलेसनमा छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १०७ संक्रमित आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट ९५ हजार ५६९ जना पुगेको छ ।

सम्बन्धित समाचार