यी क्षेत्रमा वर्षा र हिमपात, सतर्क रहन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले शनिवार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिवार बिहान मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार