नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लेन्सले पीएसजीलाई १-१ को बराबरीमा रोकेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबै टोलीले समान १-१ गोल गरे । खेलको ६२ औं मिनेटमा सेको फोफानाले गोल गर्दै लेन्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको इन्जुरी समयमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउदै पीएसजीलाई हारबाट जोगाए ।
बराबरी खेले पनि पीएसजी १७ खेलमा ४२ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ भने २७ अंक जोडेको लेन्स पाँचौं स्थान रहेको छ ।