नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि राप्रपाका पूर्व अध्यक्ष कमल थापाले कटाक्ष गरेका छन् ।
हिमानीले आज एक ट्विट गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा शुभकामना दिएपछि थापाले कटाक्ष गरेका हुन् । अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना भन्दै हिमानीको ट्विटमा थापाले प्रतिक्रिया दिएका छन् ।
थापाले हिमानीको ट्विटमा यस्तो प्रतिक्रिया दिएका छन्, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123लाई पनि हार्दिक बधाई तथा शुभकामन।’
थापाद्वारा हिमानीको ट्विटमा यस्तो प्रतिक्रिया :

