नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।
इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० ले पराजित गरेको हो ।
युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा खेलको नवौं मिनेटमा हुवाँ क्वार्डाडोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा युभेन्ट्सले थप १ गोल गर्यो । खेलको ८२ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई २-० को सहज जित दिलाए ।
जितसँगै युभेन्ट्स १६ खेलमा २७ अंक जोड्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ भने १० अंक जोडेको जिनोआ १८ औं स्थानमा रहेको छ ।