नृत्य निर्देशक संघ नेपालमा नयाँ कार्य समिति

नृत्य निर्देशक संघ नेपालको हालै सम्पन्न पाँचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनबाट नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ, उपाध्यक्षमा शम्भु शाही, महिला उपाध्यक्षमा भावना कार्की, महासचिवमा नृपध्वज खत्री, सचिवमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा शारदा सोती शर्मा, सह–सचिवमा रवि राना मगर, सह कोषाध्यक्षमा केशव कोइराला तथा अन्य बोर्ड सदस्यहरूमा प्रमिला कार्की ढकाल, बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक निर्वाचित भएका छन् ।



नेपाल संङ्गीत तथा चलचित्र विद्यालय गौशालामा शनिवार सम्पन्न भएको नृत्य निर्देशक संघ नेपालमा आवद्ध विभिन्न प्रदेश, जिल्ला, नगर कमिटीका अध्यक्ष सहितका प्रतिनिधि र संघका विभिन्न विभागका संयोजकको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार