सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गयो

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो ।

पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको समाचार संस्थाले जनाएको छ ।



दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको छ ।

सम्बन्धित समाचार