नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनल एभर्टनसँग २-१ ले पराजित हुन पुग्यो ।
एभर्टनको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । दोस्रो हाफको ७९ औं मिनेटमा एभर्टनका रिचार्लीसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर, दोस्रो हाफको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २-१ को जित दिलाए । जितसँगै एभर्टन १५ खेलमा १८ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ भने समान खेलमा २३ अंक जोडेको आर्सनल सातौं स्थानमा रहेको छ ।