नेपाली काँग्रेस नसुध्रिए समाप्त हुन्छः गगन थापा

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अव पनि नसुध्रिए समाप्त हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताए ।

उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए।



उनले नेपाली काँग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काँग्रेस सबल बन्ने बताए ।

सम्बन्धित समाचार