नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता डा शेखर कोइरालाले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न भनेर बुधबार बस्ने बैठकमा आफू सहभागी नहुने बताएका छन्। साझा उम्मेदवार तय गर्नका लागि भनेर मंगलबार नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकबाट बाहिरिने क्रममा कोइरालाले भोलिको बैठकमा सहभागी नहुने बताएका हुन्।
रामचन्द्र पौडेललाई साझा उम्मेद्वार बनाउने तयारी भएपति शेखर रुष्ठ बनेका छन् । उनले देशभर आफ्नो पक्षमा माहोल बनेको भन्दै आफू नै साझा उम्मेद्वार हुनुपर्ने दाबी गर्दै आएका थिउ ।
यता सभापतिमा आकांक्षा देखाउँदै आएका प्रकाशमान सिंह पनि पौडेललाई साझा उम्मेद्वार मान्न तयार छैनन् । तर पनि कसैमा सहमति नजुटेकोले भोलि पौडेललाई नै संस्थापनइतरको साझा उम्मेद्वार बनाएर प्यानल घोषणा गर्ने तयारी छ ।

