काँग्रेस महाधिवेशनः दुबै समूह प्यानल घोषणाको तयारीमा

१४औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली काँग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ।  कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो। संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन्। महाधिवेशन नजिकिएसँगै सभापति देउवा आफू पक्षधर नेताहरूसँग छलफल गर्न लागेका छन्।  आफ्नो समूहको व्यवस्थापनका लागि परेका देउवाले बुधबार बिहान आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेताहरुसँग छलफल गर्न लागेका छन्।

महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भए पनि टुंगो नलाग्दा समस्या भएको नेताहरूले बताएपछि देउवाले छलफल गर्न लागेका हुन्। ‘साथीहरूसँगको छलफलका लागि सभापतिज्यूले बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बोलाउनु भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने।



देउवाले बैठकमा आकांक्षीहरूको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए। देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन। पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ।

यसैबीच, संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजै टुंग्याउने तयारी गरेको छ। यो सँगै दुबै समूहले प्यानल नै बनाएर महाधिवेशनमा होमिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार