सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामानुसार उनले २४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट मानिन्छन् ।



पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने भएका छन् ।

सम्बन्धित समाचार