गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलवार कुटाकुट भएको छ। कुटाकुट हुँदा अध्यक्षको दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ।

किसानका लागि ल्याइएको बीउबिजन वितरण गर्ने विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो। कुटाकुटको क्रममा अध्यक्षको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ।



कुटपिटबाट घाइते भएका दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ। अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई वर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए।

सम्बन्धित समाचार