नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।
नेपालमा आज(बुधबार) रु ५०० ले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० रहेकोमा मंगलबार रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य अनुसार प्रतितोला रु ९१ हजार ८०० रहेकामा मंगलबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार २०० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।