कांग्रेस निर्वाचन कार्यतालिका संशोधन, २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने

नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ। बुधबार समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार मतदाताहरूको नामावली महाधिवेशन उद्घाटनकै दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गरिनेछ।

उम्मेदवारको मनोनयनका लागि मंसिर २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ। यस्तै उम्मेदवारहरूमाथिको दाबीविरोधका लागि २५ बेलुका ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ।



उम्मेदवारको अन्तिम नामावली २६ गते दिउँसो साढे १२ बजे गरिनेछ। मतदानका कार्यक्रम २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछन्। सभापतिका मतगणना भृकुटीमण्डपमा नै हुने र बाँकी पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारका मतगणना भने केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ।

सम्बन्धित समाचार