नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १-० ले पराजित गरेको हो ।
युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा खेलको १८ औं मिनेटमा मोइस किन गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल युभेन्ट्सले १-० ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै युभेन्ट्स ६ खेलमा १५ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ १ अंक जोडेको मोल्मो पुछारमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिग फुटबल अन्तर्गत अर्को खेलमा म्यानचेस्टर युनाईटेड स्विस क्लब योङ बोइजसँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीमा खेलेपनि युनाईटेड ६ खेलमा ११ अंक जोड्दै समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने योङ ४ अंक जोडेर समूहको पुछारमा रह्यो ।
त्यसैगरी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ को बराबरी खेलेको छ । बराबरीसँगै ६ खेलमा १३ अंक जोडेको चेल्सी समूह ‘एच’ को उपविजेता बन्दै कआउट चरणमा पुग्यो भने ५ अंक जोडेको पिटर्सवर्ग तेस्रो स्थानमा रह्यो । यस समूहबाट युभेन्ट्स समूह विजेता बन्यो ।