एमाले अध्यक्ष ओली अस्वस्थ, के भएको छ उनलाई ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

अस्वस्थ भएपछि ओली आफ्नै निवासमा आराम गरिरहेका छन् । ओली विरामी भएपछि बिहिबार तय भएका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको बजगाईंले जानकारी दिए । प्रेस चौतारीले ओलीको उपस्थितिमा आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो ।



ओली अस्वस्थ भएपछि उक्त कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।

सम्बन्धित समाचार