नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा सहभागी भएका छन्। भर्चुअल माध्यमबाट भएको उक्त सम्मेलनमा सहभागी हुँदै देउवाले जटिल किसिमका राजनीतिक मतभेदहरुलाई पनि छलफलमार्फत् समाधान गर्न सकिने बताएका छन्।
प्रधानमन्त्री देउवाले लोकतन्त्रमा हिंसाको कुनै स्थान हुन नहुने पनि उल्लेख गरेका छन्। ‘हामीले अत्यन्तै जटिल किसिमका राजनीतिक मतभेदहरूलाई पनि छलफलमार्फत् समाधान गर्न सक्छौं। लोकतन्त्रले यस्तो छलफल तथा परामर्शको लागि मञ्च प्रदान गर्दछ। लोकतन्त्रमा हिंसाको कुनै स्थान हुनुहुँदैन,’ देउवाले भने।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्री देउवाले सम्मेलनमा सहभागी भएको जानकारी दिएका छन्। देउवाले सम्मेलनमा लोकन्त्र बारेको आफ्नो अवधारणा, लोकतान्त्रिक रुपान्तरण र अहिलेसम्मका अनुभवहरु साटेको बताएका छन्।

