नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भइसकेका छैनन् । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू समारोहस्थल पुगेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन स्थल पुगेका छन् । यस अघि पौडेल महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने चर्चा चलेको थियो । तर विमलेन्द्र निधिले पौडेललाई फोन गरेर उद्घाटन समारोहमा सहभागी हुन आग्रह गरेको कांग्रेस स्रोतले जनाएको छ ।

