कांग्रेस महाधिवेशनको विषयमा यसो भने भारतीय नेताहरुले

भारतीय जनता पार्टीका नेता हर्ष वर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एउटै मञ्चमा देख्दा आफू निकै खुशी भएको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही दिन पहिले चितवनमा भएको एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ उपस्थिति भएको कुरा सम्झदै उनले नेपाली राजनीतिक दललाई बधाई दिए ।

त्यस्तै उनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताए । उनले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पुर्याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गरे । नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गरे ।



कांग्रेस महाधिवेशनको विषयमा यसो भने भारतीय नेताहरुले

त्यसैगरी नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पुर्याउने विश्वास दिलाए । नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उनको भनाइ थियो । उनले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गरे । भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताएका छन् ।

सम्बन्धित समाचार